सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा यसै वर्षमा दलित छात्रवास बनाउने घोषणा गर्नुभएको छ ।
सोमवार नेपाल पासवान संघ, पर्साले आयोजना गरेको बृहत पासवान भेलालाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले दलित बिद्यार्थीहरूको बासस्थानको अवस्थालाई मध्यनजर गर्दै छात्रवास निर्माण गर्न लागेको बताउनु भयो ।
मेयर सिंहले दलितहरूको अवस्था सुधार नआउनुको कारण केही हदसम्म दलित र दलित अगुवाहरू समेत भएको भन्दै कानुन प्रदत आफ्ना अधिकारका सवालमा बोल्न नसक्नु र दलित अगुवाहरू दलित देखाएर अवसर मात्रै लिनु पनि कमजोरी रहेको बताउनु भयो ।
कार्यक्रमका अर्का वक्ता अल इन्डिया पासवान एकता मंचका अध्यक्ष निरन्जन पासवानले नेपाल भारतबीच सदियैदेखि रहदै आएको मैत्रीपुर्ण सम्बन्ध जस्तै नेपालका पासवान र भारतका पासवानबीच मैत्रीपुर्ण राख्नको लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताउनु भयो ।
नेपाल पासवान संघ पर्साको अध्यक्ष प्रभु पासवनको अध्यक्षता आयोजित कार्यक्रममा अल ईन्डिया पासवान एकता मंचका महासचिव डा. बिरेन्द्र पासवान, चौहरमल रास्ट्रिय परिसद मुकामाका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान दलित संघर्ष समिति बाराका अध्यक्ष शिदयाल पासवान, रौतहटका मटुक पासवान नरेन्द्र पासवान, कलाकार प्रीति पासवान लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य पत्रकार बृजलाल पासवान र संचालन संघका सचिव रविभूषण पासवानले गरेका थिए ।