सहारा दैनिक

spot_img
Homeदेशसंविधान २०४७ पुनरस्थापनाका लागि आन्दोलनको तयारी

संविधान २०४७ पुनरस्थापनाका लागि आन्दोलनको तयारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ८ भदौ । 

संविधान २०४७ पुनरस्थापनाका लागि राष्ट्रिय नागरिक संघर्ष समितिले आन्दोलनको तयारीमा जुटेको छ ।
राष्ट्रिय नागरिक संघर्ष समितिको आइतवार वीरगंजमा बसेको चार जिल्लाका अगुवा नेताहरुको बैठकले संविधान २०४७ पुनरस्थापनाका लागि गरिने आन्दोलन सम्बन्धमा विस्तृत छलफल गरेको संघर्ष समितिका केन्द्रीय सदस्य मानव सेवकले जानकारी दिनुभयो ।
देशभरिका ९ वटा केन्द्रमध्ये पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका केन्द्र रहेका वीरगंजमा संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दको विशेष उपस्थितिमा भएको छलफलमा आन्दोलनको रणनीतिबारे गहन छलफल भएको मानव सेवकले बताउनुभयो ।
छलफलमा सहभागीहरुले देशको वर्तमान जर्जर स्थिति, चरम भ्रष्टाचार, वैदेशिक ऋण, युवाहरुको विदेश पलायन तथा बेरोजगारी जस्ता समस्याहरु समाधानका लागि हिन्दु अधिराज्य तथा राजसंस्थासहितको राजनीतिक दलहरुसमेत अटाउने संविधान २०४७ पुनरस्थापनाको विकल्प नरहेकोले अब शान्तिपूर्ण तथा सशक्त आन्दोलनमार्फत अगाडि बढनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा संघर्ष समितिका केन्द्रीय सदस्य राजकुमार सिन्धी, डा. राजीव झा, सन्जय साह, त्रिपेश विक्रम शाह, दीक्षा राणा शाह, दिनानाथ यादवलगायतका नेताहरुको रहेको सहभागिता थियो भने चारै जिल्लाबाट सञ्जीव झा, श्रवण महतो, नीरज मिश्र, बृजकिशोर गुप्ता, आरती गुप्ता, राजु जयसवाल, उपेन्द्र यादव, पुनीत गुप्ता, अजय आरिफ समेतको उपस्थिति थियो ।
छलफलका क्रममा संघर्ष समितिका प्रवक्ता चन्द र सिन्धीले आगामी रणनीतिबारे बिफ्रिङ गरेको डा. राजीव झाले बताउनुभयो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -