सहारा संवाददाता––––––––––––––– रौतहट, ८ भदौ । गौर घटनाको पुनः छानबिन गर्न सर्वाेच्च अदालतले आदेश दिएपछि त्यसको विरोधमा आज रौतहट सदरमुकाम गौरमा सर्वपक्षीय र सर्वदलीय संघर्ष समितिले प्रदर्शन गरेको छ । विभिन्न दलबाट गठित सर्वदलीय संघर्ष समितिले आइतवार संयुक्त रूपमा निकालेको विरोध –यालीमा गौर घटनाको छानबिन समिति, आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । संघर्ष समितिले गौरको रामजानकी धर्मशालाबाट विरोध जुलुसको निकालेर नगर परिक्रमा गर्दै बीपी चोक पुगेर कोणसभामा परिणत भएको छ । विरोध प्रदर्शनमा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो । उनीहरूले गौर घटनामा निर्दाेषलाई फसाउन खोजिएको आरोप लगाउँँदै छानबिन प्रक्रियाको विरोध गरेका छन् । सर्वाेच्च अदालतले १९ वर्षअघि भएको गौर घटनामा पुनः छानबिन गर्न आदेश दिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवसहित मधेसवादी दलका नेताहरू मुछिने सम्भावना देखिएको रसो घटनामा नाम जोडिँदै आएका यादवसहितका नेताहरूलाई लक्षित गरी कारबाहीको तयारी भइरहेको समाचार सार्वजनिक भएपछि जसपा नेपाल र अन्य मधेसवादी दलले विरोध गर्दै आएका छन् । विरोध सहभागीहरूले सरकारले मुद्दालाई प्रतिशोधका आधारमा अघि बढाएको भन्दै विरोध प्रदर्शन सहित नारााजी गरेका छन् ।
Facebook Comments Box