वीरगंज, ४ भदौ । नेपाल–भारत मैत्री संघ र डिएभी आर.बी. केडियाले संयुक्त रुपमा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । नेपाल–भारत मैत्री संघ पर्साका अध्यक्ष रजत सचदेवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको महावाणिज्य दूतावास, वीरगंजका प्रमुख देवी सहाय मीणा, नेपाल भारत मैत्री संघका राष्ट्रिय अध्यक्ष शैलेन्द्र किशोर झा, पूर्व राष्ट्रिय अध्यक्ष तथा संरक्षक राजकुमार सिन्धी, राष्ट्रिय कोषाध्यक्ष, अरूण के. सिंह, मध्यप्रदेश अध्यक्ष लभ राजा सिंह, डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्र लगायतको उपस्थिति थियोे । कार्यक्रममा वीरगंज र भारतको रक्सौलका ८ विद्यालयका १६ जना विद्यार्थीहरूले सहभागीता जनाएका थिए । प्रतिभागीहरुले आफ्ना प्रेरणादायी र सशक्त भाषणमार्फत दर्शक र निर्णायकलाई मन्त्रमुग्ध बनाएका थिए । अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता २०२५ विद्यार्थीहरूको नेतृत्व, वक्तृत्वकला र आत्मविश्वास विकासमा एउटा ऐतिहासिक मञ्च साबित भएको कार्यक्रममा सहभागीहरुले जनाएको छ । प्रतियोगितामा निर्णायक मण्डलीमा प्रमोद पाण्डे, ओमप्रकाश श्रेष्ठ, पल्लवी हर्लालकालगायतको सहभागिता थियो ।
Facebook Comments Box