सहारा दैनिक

spot_img
Homeसमाचारश्रीकृष्ण जन्माष्टमीको अवसरमा धार्मिक कार्यक्रम, झाँकी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा धार्मिक कार्यक्रम, झाँकी

सहारा संवाददाता––––––––––––––– वीरगंज ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम गरेको छ । कार्यक्रममा बालबालिकाले कृष्ण र राधा बनेर आकर्षक झाँकी र। विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ब्रह्माकुमारीकी क्षेत्रीय सञ्चालिका रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्याँसुदिन ठकुराई, रूङ्टा वेलफेयर सोसाइटी वीरगंजका अध्यक्ष सुरेश रूङ्टा, नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाकी उपाध्यक्ष श्रीमती मधु राणा, माउन्ट आबुका अशोक भाईजी, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका बेलि दिदी, गोबर्धन भाईजी र गोकुल भाईजीले आफ्नो कृष्ण भगवानका आदर्श जीवनचर्या र उपदेशहरूवारे प्रकाश पार्दै सबैले श्रीकृष्णजस्तो सत्यनिष्ठ, कर्मयोगी र आदर्श जीवन जिउनु आवश्यक रहेको बताएका थिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -