सहारा दैनिक

spot_img
Homeदेशदूतावासमा ७९औँ स्वतन्त्रता दिवस मनाइयो

दूतावासमा ७९औँ स्वतन्त्रता दिवस मनाइयो

पर्सा, ३० साउनः यहाँस्थित भारतको महावाणिज्य दूतावासमा विविध कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ ।

दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधनसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -