सहारा दैनिक

spot_img
Homeदेशपूर्व नवयुवराज हृदयन्द्र शाहको जन्मोत्सवमा अष्ट चिरञ्जीवी पूजा, बजरंग दलद्वारा हनुमान चालिसा पाठ

पूर्व नवयुवराज हृदयन्द्र शाहको जन्मोत्सवमा अष्ट चिरञ्जीवी पूजा, बजरंग दलद्वारा हनुमान चालिसा पाठ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ साउन ।

पूर्व श्री ५ नवयुवराज हृदयन्द्र शाहको २४औं जन्मोत्सवको अवसरमा अष्ट चिरञ्जीवी पूजा गरिएको छ ।

राष्ट्रिय नागरिक संघर्ष समिति, पर्साका अध्यक्ष उपेन्द्र यादवको सभापतित्वमा आयोजित अष्ट चिरञ्जीवी पूजामार्फत पूर्व नवयुवराज शाहको सुस्वास्थ्य दीघार्यू तथा प्रगतिको कामना गरिएको छ ।

ब्राह्मणमार्फत पूजा आयोजना गरी विधिवत पूर्व नवयुवराजको दीघार्यूको कामना गर्न आयोजित पूजामा दिनानाथ यादव लगायतले सहभागिता जनाएका छन् ।

पूजाको क्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय सदस्य डा. राजीव झाले पूर्व नवयुवराजको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै देशमा राजसंस्था पुनरस्थापना अपरिहार्य भएको बताउनुभयो ।

डा. झाले देशको वर्तमान विषम परिस्थितिबाट उकास्न संविधान–२०४७ पुनरस्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

वीरगंजस्थित गहवामाई मन्दिर परिसरमा आयोजित पूजामा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय सदस्य सञ्जय साह, संघर्ष समितिकै पर्सा प्रवक्ता अजय आरिफ, धनीलाल यादव, समाजसेवी पशुपति विक्रम शाह, विद्धत परिषद् पर्साका अध्यक्ष रामनारायण साह, प्रेम सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल विद्धत परिषद्ले पूर्व नवयुवराजको जन्मोत्सवको अवसरमा साँझ वीरगंज घण्टाघरस्थित चोकमा सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै दीप प्रज्वलन गरेको छ ।

कलैया/

राष्ट्रिय बजरंग दलले बारा जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिकामा पूर्व नवयुवराज शाहको जन्म दिवसको अवसरमा हनुमान चालिसा पाठ गरेका छन् ।

बजरंग दलका केन्द्रीय अध्यक्ष राजु जायसवालको नेतृत्वमा कलैयास्थित हनुमान मन्दिर परिसरमा पूर्व नवयुवराज शाहको सुस्वास्थ्य दीर्घायू तथा प्रगतिका कामना गर्दै हनुमान चालिसा पाठ गरेर उनको जन्मोत्सव मनाएका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -