सहारा दैनिक

spot_img
Homeअपराधबैकिङ कसुर मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्दामा फरार रहेको प्रतिवादी पक्राउ

वीरगंज, २९ असार ।
जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड ३२ लाख बिगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेको प्रतिवादीलाई पक्राउ गरेको छ ।
आइतवार बिहान ८ः३० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्र.नि. जीवन लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा जिल्ला, निजगढ न.पा. वडा नं. ०१ सिंगौलबाट घुमफिर गरीरहेको अवस्थामा सोही ठाउँका वर्ष ४३ को भरत चौलागाईलाई पक्राउ गरिएको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्र.नि. खेम प्रसादले जनाएका छन् ।
१ करोड ३२ लाख बिगो भएको बैकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट मिति २०८२।०३।१८ गते पक्राउ पुर्जी प्राप्त भएपछि चौलागाईलाई पक्राउ गरी सिमरा एयरर्पाेटबाट काठमाडौं प्रहरी परिसरमा बुझाइएको जिप्रका, बाराले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -