सहारा दैनिक

spot_img
Homeदेशबिरुवा वितरण गर्न गएका कर्मचारीमाथि दुव्र्यवहार

बिरुवा वितरण गर्न गएका कर्मचारीमाथि दुव्र्यवहार

सहारा संवाददाता–––––––––––––––
सर्लाही,१९ असार ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ५ मोहनपुरमा केही अराजक व्यक्तिहरूले सोहजन (मोरिङ्गा) को बिरूवा वितरण गर्न गएका कर्मचारीहरूलाई दुव्र्यवहार तथा सरकारी कागजात लुटपाट गरेको छ ।
वडा नं. ५ निवासी नेकपा माओवादीका नेता राम विश्वास रायलगायतले कर्मचारीहरूको मोबाइल खोस्दै दुर्वव्यवहार गर्नुका साथै सरकारी कागजात लुटेका छन् ।
चन्द्रनगर गाउँँपालिका कृषी शाखामा कार्यरत कर्मचारी उमाकान्त साह, रूपलाल साह सामी शाखामा कार्यरत रामस्वरूप महतो, सिमिन्द्र कुमार सिंह, भिखारी महतो, लगायतका कर्मचारीलाई माओवादीका नेता रायले चप्पल निकालेर समेत हान्न प्रयास गरेको थियो ।
रायले सोहजनको बेर्ना वितरण गर्दा गरेको भरपाई खोसेको र बेर्ना लिने स्थानीयको खिचेको भिडियो तथा फोटो मोबाइल खोसी डिलिट गरेको चन्द्रनगर गापामा कार्यरत कर्मचारी साहले बताउनुभयो ।
चन्द्रनगरमा संघीय सरकारको सहयोगमा पोषणको लागि सोहजन कार्यक्रम चलिरहेको छ । सोही कार्यक्रमलाई नै लक्षित गरी कार्यक्रम बिथोल्न उनीहरूले प्रयास गरेको सामी शाखामा कार्यरत कर्मचारी रामस्वरूप महतोले बताउनुभयो । हामी अत्यधिक त्रसित छौं नभागेको भए अंगभंग हुन अवस्था भएको थियो, अब सुरक्षाको प्रत्याभुती बिना आफुहरू काम नगर्ने महतोले बताउनुभयो ।
८ जना कर्मचारीउपर फोहर गाली गलौज गरेको कुटपिट गर्न प्रयास गरेको साहले आरोप लगाउनुभयो । माओवादी नेता रायको व्यवहार एकदमै खराब रहेको प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।
अभद्र व्यवहार गर्ने सबै व्यक्तिहरू उपर इलाका प्रहरी कार्यालय केशरगंजमा जाहेरी दिइएको चन्द्रनगर गाउँँपालिकाले जनाएको छ । अभद्र व्यवहार गर्ने माओवादी नेता राय, र धमे्रन्द्र यादव सहित अन्य पाँच जना विरूद्ध गाली बेज्जती तथा लुटपिट सम्बन्धी कसुरमा जाहेरी दिइएको गाउँपालिकाले जनाएको छ ।
चन्द्रनगर गापाका अध्यक्ष राजकुमार महतोले चन्द्रनगरमा सोहजन क्रान्ति शुरू भएको छ । यो उत्कृष्ट कार्यक्रम भएको हुदा केही अभद्र व्यक्तिहरूले कार्यक्रम बिथोल्नलाई कर्मचारी उपर हातपात तथा गाली गलौज गरेको बताउनुभयो ।
आफुले राम्रा कार्यक्रमहरू संचालन गरेको र ती कार्यक्रम हेर्न नसक्ने ति व्यक्तिहरू गुण्डागर्दी गर्दै कार्यक्रम प्रभावित गर्न खोजेको उहाँले बताउनुभयो । कर्मचारीको सुरक्षाको दायित्व आफुले लिने हुदा प्रहरी सँग समन्वय गरेर रामविश्वास राय लगायतको व्यक्तिलाई कार्वाही गर्ने उहाँले बताउनुभयो । कर्मचारीलाई अभद्र व्यवहार तथा कुटपिट गर्नु भनेको निन्दनीय कार्य भएको अध्यक्ष महतोले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -