सहारा दैनिक

spot_img
Homeअर्थबहुदरमाईमा किसान जागरण कार्यक्रम सम्पन्न

बहुदरमाईमा किसान जागरण कार्यक्रम सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ९ असार ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको बिभिन्न वडाहरूमा किसान जागरण कार्यक्रम गरिएको छ ।
मेटलाईफ इन्सुरेन्सको आर्थिक सहयोगमा क्रिएटिभ नेपालले गत जेष्ठ ३१ गते देखि असार ९ गते सम्म किसान जागरण कार्यक्रम सञ्चालन गरेको हो ।
जागरण कार्यक्रम अन्तर्गत किसानहरूलाई सरकारी निकायहरूबाट प्रदान गरिने अनुदान र अनुदानको उपयोग, कृषिमा मलको उचित प्रयोगको महत्व, उत्पादकत्व र माटोको स्वास्थ्य सुधार गर्न आधुनिक कृषि प्रविधिहरू, खाद्य सुरक्षा र दिगो कृषिमा महिलाको भूमिका, जलवायु परिवर्तन र कृषिमा यसको प्रभाव, वित्तीय सुरक्षा, बचत उपकरणहरू, जीवन र निर्जीवन बीमाको महत्त्वको साथै आधुनिक खेति प्रणाली बारेमा प्रशिक्षण दिइएको थियो ।
किसान जागरण कार्यक्रम वडा न. ६, ७ र अन्तिम दिन असार ९ गते वडा न. ४ मा आयोजना गरी समापन गरिएको थियो । कार्यक्रममा बुद्धिजीविहरूले मन्तब्य दिंदै आधुनिक तरिकाले खेती गर्दा उत्पादत्व बढ्ने बताए । उक्त वडाका २०० भन्दा बढी किसानहरूलाई प्रशिक्षण दिइएको थियो ।
क्रिएटिभ नेपालका अध्यक्ष लक्ष्मन सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्रिएटिभ नेपालका उपाध्यक्ष धीरज कुशवाहा तथा राजेश कुशवाहाले गरेका थिए । कार्यक्रममा क्रिएटिभ नेपालका पदाधिकारीहरू फुलेना कुशवाहा, प्रमोद रौनियार, चन्दन महतो तथा कृषि बिज्ञ अनिश साह, सामजिक अभियन्ता मुकेश साह, पत्रकार बिमला गुप्ताको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -