सहारा दैनिक

spot_img
Homeदेशअम्बेडकर पार्क बनाउँदा दलितभित्र द्वन्द्व बढ्छ– पासवान

अम्बेडकर पार्क बनाउँदा दलितभित्र द्वन्द्व बढ्छ– पासवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ जेठ ।
नेपाल पासवान संघ, पर्साको जिल्लास्तरीय भेला कालिकामाई गाउँपालिकाको हरिहरपुरमा सम्पन्न भएको छ ।
पर्सा अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रदेश सरकारले सहलेस फूलवारीमा अम्बेडकर पार्क बनाउन खोज्नु दलित भित्र द्वन्द्व बढाएर आफ्नो दुनो सोझयाउन खोजेको आरोप लगाए । उनले पासवान जातिको अस्तित्व समाप्त हुने गरी प्रदेश सरकारले कार्य गरिरहेको बताए ।

सांसद पासवानले राज्यको नियत बिभेदकारी भएकोले नै दलित भित्रका पासवान जातिहरू आन्दोलित हुने अवस्था निर्माण भएको बताए ।
भेलामा बहुजन एकता पार्टीका बरिष्ठ नेता राजाराम पासवानले जातीय एकता समग्र दलितको एकताको लागि पासवान एकता अपरिहार्य रहेको बताए ।
भेलामा समाजवादी प्रेस संगठन मधेस प्रदेश इन्चार्ज बृजलाल पासवान, सिरहाका पासवान, अगुवा चन्देश्वर पासवान, रौतहटका मटुक पासवान, बाराका राजदेव पासवान, मधेस लोकसेवा कोचिङ सेन्टरका सञ्चालक निखिल पासवानलगायतले मन्तव्य ब्यक्त गरेका थिए भन्ने संचालन सचिव रबिभूषण पासवान र स्वागत मन्तब्य जयकुमार पासवानले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -