काठमाडौं, १८ जेठ ।
राजसंस्था पुनरस्थापनाको लागि गठित संयुक्त जन आन्दोलन समितिले सोमवार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीले आइतवार प्रेस विज्ञप्ति जारी गरी सरकारले शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै आन्दोलनको स्वरुप परिवर्तन गरी जेठ १९ गते सोमवार उपत्यका बन्दको घोषणा गरेको जनाएको छ ।
समितिद्वारा जारी आन्दोलनको क्रममा आइतवार राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह, संयुक्त जनआन्दोलन समितिका तराई मधेस संयोजक समेत रहेका राष्ट्रिय बजरंग दलका वरिष्ठ नेता डा. राजीव झा लगायत आठ जनालाई नारायण चौरबाट प्रहरीले पक्राउ गरेपछि समितिले सरकारको बर्बर दमनको विरोधमा उपत्यका बन्द आव्हान गरेको जनाएको छ ।
विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनको क्रममा नेताहरुलाई अमानवीय तवरले पक्राउ गरेको घटनाको निन्दा समेत गरेको छ ।
यसैबीच प्रहरीले राप्रपा नेपालका अध्यक्ष्F कमल थापा र राप्रपाका सांसद सिंहसहित सातजनालाई हाजिरी जमानीमा छोडेको भए पनि डा. झालाई हिरासतमै राखिएको छ ।
Facebook Comments Box