सहारा संवाददाता–––––––––––––––
काठमाडौं, १७ जेठ ।
संयुक्त जन आन्दोलन परिचालन समितिका तराई मधेस संयोजक डा. राजीव झाले राजसंस्थासहित हिन्दू अधिराज्य स्थापनाको लागि जारी आन्दोलनको अगुवाई मधेसी समुदायले गर्ने बताउनुभएको छ ।
काठमाडौंमा विगत तीन दिनदेखि जारी आन्दोलनको तेस्रो दिन शनिवार सभालाई सम्बोधन गर्दै डा. झाले राजसंस्था र सनातन धर्मको रक्षाको लागि शाहबाट शाहदेव बनाउने समुदायले अब घर–घरबाट निस्किएर भ्रष्टाचारीहरुलाई लखेट्न राजसंस्थाको पुनरस्थापनाको लागि जारी आन्दोलनलाई अझ सशक्त बनाउन अग्रसर हुन आग्रह गर्नुभयो ।
उहाँले अब मधेसी जनताले आन्दोलनको अगुवाई गर्ने बताउँदै तराई मधेस नेपालको मुटु भएको बताउनुभयो । नेपालको सीमा रक्षाको जिम्मेवारी समेत लिएका तराई मधेसका जनताले अब राजसंस्था पुनरस्थापनाको लागि अगुवाई गर्ने दावी गर्नुभयो । उहाँले काठमाडौंबासीलाई अग्रसर हुन पनि आग्रह गर्नुभयो ।
Facebook Comments Box