वीरगंज, १४ जेठ ।
विश्व हिन्दु महासंघ, नेपालले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राज संस्थासहित सनातन हिन्दु अधिराज्य पुनरस्थापनाको लागि यहि जेठ १५ गतेबाट प्रारम्भ हुने आन्दोलनमा सहभागी हुन सबैमा हार्दिक अपील गरेको छ ।
साथै विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको मिति २०८२।०२।१२ मा च.नं. २०८१।८२ पत्र संख्या ८५ बाट जारी प्रेस विज्ञप्ती आठौं महासभा एवं महाधिवेसनले पास गरेको र विश्व शान्तिको नेतृत्व गर्ने उदघोषको साथ संस्थाका संस्थापक राष्ट्र गुरू योगी नरहरी नाथ र स्व. पण्डित नारायण पोखरेलको संकल्प भावनाविरूद्ध आएको हुँदा ध्यानाकर्षण भएको जनाएको छ ।
आठौं महासभाले विश्व हिन्दु महासंघको राजनैतिक अवधारणा सन्दर्भमा २०४७ सालको सविधानको मर्म अनुसारको हुनेछ भने पास गरिसकेको छ । सनातन हिन्दु राष्ट्रको संरक्षण, सम्वर्धन र विकास गर्दै नेपाललाई विश्व गुरू राष्ट्र बनाउने उद्देश्यका साथ स्थापित संघले विधानको भावना उद्देश्य र प्रस्तावनाका साथै विश्वका करोडौ हिन्दुहरूको नेपालमा सनातन हिन्दु अधिराज्य स्थापना होस भन्ने चाहनामा कुठाराघात गर्ने गरी स्वच्छेचारी निर्णय गर्दै संस्थाका गा.पा., नगर, जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीको साथै लाखौं आजीवन सदस्यहरूको भावनाविरूद्ध आएको विज्ञप्तीप्रति महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष (सह–अध्यक्ष) शंकर खराल, राज प्रसाद जोशी (केन्द्रीय उपाध्यक्ष एवं सुदुर पश्चिम अध्यक्ष), ऋषिकेश जंग शाह (केन्द्रीय उपाध्यक्ष, केन्द्रीय युवा संघ अध्यक्ष एवं कर्णाली प्रदेश अध्यक्ष), दधिराम शर्मा (केन्द्रीय उपाध्यक्ष लुम्बिनी प्रदेश), सत्य नारायण राउत (केन्द्रीय उपाध्यक्ष मधेश प्रदेश अध्यक्ष) दिनेश सिजापती (केन्द्रीय उपाध्यक्ष काठमाण्डौं), पार्वता पौडेल (केन्द्रीय उपाध्यक्ष)ले घोर आपत्ति प्रकट गरेका छन् ।
विज्ञप्तिमा ‘हाम्रो अभियान विश्वको एक मात्र पहिचान हिन्दु अधिराज्य नेपाल स्थापना गर्नु हो यो अभियानमा जुनसुकै संघ संस्था राजनीति दलले साथ दिएमा त्यो स्वागत योग्य छ । भोलिका दिनमा धर्म निरपेच्छेता बोकेका दल सुध्रिएर हिन्दु राष्ट्रको उद्देश्य लिएर सडकमा आए पनि हाम्रो साथ रहनु पर्छ । अहिले आ–आफ्नो संस्थाको अस्तित्व होइन राष्ट्र र धर्मको अस्तित्व खोज्ने बेला आएको छ । स्वः धर्म र देश नै नरहने अवस्थामा विचारभन्दा माथि राष्ट्र हुन जरूरी छ’, उल्लेख छ । तसर्थ लाखौं सदस्यहरूरुको भावना विपरीत अध्यक्ष लगायत केही सिमित व्यक्तिको धारणालाई सिंगो संगठनको धारणा मान्न सकिदैन यो उहाँहरूको व्यक्तिगत धारणा हो त्यसैले सम्पूर्ण विश्व हिन्दु महासंघ लगायत सनातन परिवारलाई संबैधानिक राज संस्थासहित सनातन हिन्दु अधिराज्य पुनस्र्थापनाको लागि यहि जेठ १५ गतेबाट प्रारम्भ हुने आन्दोलनमा सहभागी हुन सबैमा हार्दिक अनुरोध गरेको छ ।
Facebook Comments Box