काठमाडौँ, ११ जेठ : काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले लागुऔषध दुव्र्यसनरहित समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
कार्यालयले टोखा नगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘लागुऔषध दुव्र्यसनरहित घर अभियानसम्बन्धी कार्यक्रम’मा एआइजी तामाङले लागुऔषधरहित समाज निर्माणमा प्रहरी, स्थानीय तह र नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । एआइजी तामाङले लागुऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्व रहेको बताउनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दुव्र्यसनमुक्त नगरपालिका बनाउन नगरपालिका लागिरहेको बताउनुभयो । सोही अवसरमा एआइजी तामाङ र नगरप्रमुख अधिकारीले लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साउथ वेस्ट्रन स्टेट कलेजका प्रमुख डा राजेन्द्र केसी, शिक्षाविद् डा विद्यानाथ कोइराला, नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष शङ्कर महर्जन र टोखा नगरपालिकाका बाल अधिकार समितिका सदस्य डा कृष्ण सुवेदीलगायतले लागुऔषध दुव्यर्सनीले मानव जीवनमा पर्ने असरसम्बन्धी आ–आफ्ना धारणा राख्नुभएको थियो ।रासस
Facebook Comments Box