सहारा दैनिक

spot_img
Homeसमाचारसमृद्धिको आधार गुणस्तरीय विकास निर्माण – मन्त्री लेखी

समृद्धिको आधार गुणस्तरीय विकास निर्माण – मन्त्री लेखी

सहारा संवाददाता––––––––– राजविराज, २८ वैशाख । मधेस सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले समृद्धिको आधार गुणस्तरीय विकास निर्माण रहेको बताउनुभएको छ । सप्तकोशी नगरपालिकाको विभिन्न योजनाहरूको आज स्थलगत निरीक्षणको क्रममा मन्त्री लेखीले विकासको प्रमुख चुनौती नै तोकिएको समयमा गुणस्तरिय काम नहुनु रहेको बताउनुभयो । उहाँले संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा भइरहेका निर्माण कार्यको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो । संघीय सरकारको योजनामा सो नगरपालिकाको वडा ४ स्थित विशेश्वर बैरागी आधारभूत विद्यालयको निर्माणाधीन भवनमा भइरहेको निर्माण कार्यको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । त्यस्तै गृहमन्त्री लेखीले सोही नगरपालिकाको वडा नम्बर ६ मा भइरहेको आरसीसी ढलान कार्य र वडा नम्बर ७ स्थित शैलेन्द्री प्राथमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ । अनुगमनमा सप्तकोशी नगरपालिका ६ का वडाअध्यक्ष नन्दिलाल चौधरी र वडा नम्बर ७ का वडाअध्यक्ष कुसुमलाल चौधरीसहित स्थानीयको समेत सहभागीता रहेको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -