सहारा दैनिक

spot_img
Homeसमाचारशिक्षामन्त्रीमा पन्त नियुक्त

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्पबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको पद तथा गोपनीयताको सपथ बिहीवार हुने बताइएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -