सहारा दैनिक

spot_img
Homeदेशहनुमान जयन्ती शोभायात्रा प्रकरणः हिन्दूवादीलाई पक्राउ गरेपछि वीरगंज तनावग्रस्त

हनुमान जयन्ती शोभायात्रा प्रकरणः हिन्दूवादीलाई पक्राउ गरेपछि वीरगंज तनावग्रस्त

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २ वैशाख । हनुमान जयन्तीको अवसरमा शनिवार निकालिएको शोभायात्रामा ढुंगामुढा गर्ने उपर कारबाही गर्ने स्थानीय प्रशासनले प्रतिबद्धता गरे पश्चात साम्य भएको वीरगंज पुनः तनावग्रस्त बन्न पुगेको छ ।
शोभायात्रामा ढुंगामुढा गर्नेउपर कारबाही गर्ने भनिए पनि प्रहरीले हिन्दू युवाहरुलाई पनि पक्राउ गरेपछि मंगलवार साँझदेखि वीरगंजमा तनाव उत्पन्न भएको छ ।
प्रहरीले पक्राउ गरेका हिन्दूवादी युवाहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका हिन्दूवादीहरु उपर प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले लाठीचार्ज गर्दा केही पत्रकारहरु समेत घाइते भएका छन् ।
हिन्दूवादी युवालाई निशर्त रिहाइको माग गर्दै हिन्दूवादी संघ–संगठनहरुले आज साँझदेखि वीरगंजको मुख्य चोकहरु घण्टाघर, माईस्थान, घडिअर्वामा टायर बालेर विरोध प्रदर्शनसहित बजार बन्द गराएका छन् । उनीहरुले हनुमान जयन्तीको शोभायात्रामाथि ढुंगामुढा गर्ने मुस्लिम समुदायका मानिसहरुलाई पक्राउ गर्नुपर्नेमा शोभायात्रामा सहभागीमध्ये केही युवालाई पक्राउ गरेर निरंकुशता प्रदर्शन गरेको भन्दै बजार बन्द गराएका छन् ।
यो समाचार तयार पार्दासम्म वीरगंज बजारमा हिन्दूवादीहरुले जताततै प्रदर्शन गरिरहेका छन् भने सुरक्षाकर्मी व्यापक रुपमा परिचालित भएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -