सहारा दैनिक

spot_img
Homeसमाचारगोली लागेर एक सैनिकको मृत्यु

गोली लागेर एक सैनिकको मृत्यु

चितवन, २९ चैतः हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास हुनुहुन्छ ।
ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो ।
दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत हुनुहुन्थ्यो । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उहाँलाई गोली लागेको थियो । रासस
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -