सहारा दैनिक

spot_img
Homeसमाचारज्यान मुद्दाका आरोपी सातजना पक्राउ

ज्यान मुद्दाका आरोपी सातजना पक्राउ

वीरगंज, २१ चैत । मकवानपुर जिल्ला बागमती गाउँपालिका–८ भुवनचुली देउडी भञ्ज्याङ स्थित धरान–चतरा सडकको नालीमा हेटौडा उ.म.न.पा. वडा नं. १६ बस्ने वर्ष ३७ को मिलन दंगालको शव बिहान भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसन्धान अधिकृतको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा मकवानपुर जिल्ला बकैया गा.पा. वडा नं. ०३ बस्ने वर्ष ३६ को प्रशान्त लामा, ललितपुर जिल्लाको गोदावारी न.पा. वडा नं. १२ बस्ने वर्ष २४ को किसन दानी, जिल्ला बारा निजगढ न.पा. वडा नं. ०३ बस्ने वर्ष १९ की इनिसा तिमल्सिना, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने वर्ष १९ की सुस्मिता तामाङ, जिल्ला सिन्धुली मरिन गा.पा. वडा नं. ०७ बस्ने वर्ष २० की शर्मिला मुक्तान, वर्ष १९ की रोजिना तामाङ, हेटौडा उ.म.न.पा. वडा नं. १६ बस्ने वर्ष २८ को सुजन पौडेललाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका सातैजनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ज्यान सम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -