सहारा दैनिक

spot_img
Homeदेशराजावादी आन्दोलनमा सरकारी घुषपैठ भएको आरोप

राजावादी आन्दोलनमा सरकारी घुषपैठ भएको आरोप

सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, १६ चैत ।
संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनरस्थापनाका लागी काठमाण्डौं स्थित तिनकुनेमा शुक्रवार आयोजित आन्दोलन घोषणासभा सरकारले विथोलेको आरोप लगाएको छ ।
राजसंस्था पुनरस्थापनाका लागी आन्दोलनरत विभिन्न संघसंगठनले छुट्टा–छुट्टै प्रेस विज्ञप्ती जारी गरी यस्तो आरोप लगाएका हुन ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शनिवार प्रेस विज्ञप्ती जारी गरी आन्दोलन घोषणा सभामा हाम्रो संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरु मंचमा पुगेर सभालाई सम्बोधन गर्न नपाउदै सरकार पक्षबाट नियोजित रुपमा गराइएको घुसपैठ र अनपेक्षीत प्रहरी दमनका कारण सभा बिथोलिएको आरोप लगाएको छ ।
सरकारले राजावादीहरुले हिंसक गतिविधि गरेको आरोप लगाइरहेको बेला सुवेदीले शनिवार प्रेस विज्ञप्ती जारी गरी सरकार पक्षबाट नियोजित रुपमा घुसपैठ गराइ अनपेक्षीत प्रहरी दमन गरेको आरोप लगाएको हो ।
सुवेदीद्वारा जारी विज्ञप्तीमा सरकारले सभामा उपस्थित नागरिकहरु माथि अश्रु ग्याँस लगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतंक सिर्जना गरेको घटनाको घोर भर्त्सना गर्दछौं उल्लेख छ ।
घटनामा संलग्न नभएका हाम्रा जनकमाण्डर दुर्गा प्रसाइ लगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रम पश्चात जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शम्शेर राणा तथा फ्रवक्ता अधिवत्ता स्वागत नेपाल लगायत अन्य सहयोद्धालाई पक्राउ गर्ने र मलाई नजरबन्दमा राख्ने कार्य भएको छ । श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरु बाहिर आएको छ । त्यस अनुरुप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरु स्वतस्फूर्त विरोधमा उत्रने चेतावनी दिइएको छ ।
त्यस्तै दुर्गा प्रसाईले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृती र नागरिक बचाउ महाअभियानले पनि एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रवादीहरुको शान्तिपुर्बक नागरिक जनबिद्रोह घोषणा सभा कार्यक्रममा जनबिरोधी, नालायकहरुको गठबन्धन सरकारले राष्ट्रियबादी नेपाली नागरिकहरुमाथी बर्बरता निरंकुश, दमनकरी कार्य देखाउदै कुरतापुर्बक आम जनता माथि गोलि हान्ने आदेश दिएको हुंदा २ योद्धाले विरगति प्राप्त गरेको उल्लेख गरेको छ ।
नागरिक बचाउ महाअभियानका संगठन विभाग प्रत्रुम प्रेम थापा र सचिव प्रेमदिप लिम्बुट्टारा जारी विज्ञप्तीमा आम जनता माथि गोलि हान्ने आदेश दिएको हुंदा १७ जना भन्दा बढी योद्धाहरुलाई गोलि प्राहार भई गम्भीर घाइते भएका छन । हजारौं योद्धाहरुमाथी प्लास्टिकका गोलि र अश्रुग्यास प्रहार गरेका नालायक सरकार भन्दै अभियानले घोर भर्त्सना गर्दै कुनै हालतमा पछि नहट्ने चेतावनी पनि दिएको छ ।
विज्ञप्ती मार्फत सम्पुर्ण देश झक्त राष्ट्रियबादी शत्तिहरु देश भरी बाट सशक्त जनबिद्रोहमा होमिन र उपत्यकाका सम्पुर्ण नागरिकहरुलाई वारपारको आन्दोलनमा लागिरहन समेत अपिल गरेको छ ।
त्यस्तै राष्ट्रीय बजरंग दलका अध्यक्ष राज जयसवाल,भारत हिन्दु मैत्री समाजका अध्यक्ष डा. राजीव झा, २०४७ को संवीधान हाम्रो अभीयानका अध्यक्ष सन्तोष झा र धर्म निरपेक्षता खारेजी अभीयानका प्रवक्ता राजेश बीद्रोहीले पनि संयुक्त प्रेस विज्ञप्ती जारी गरी नेपालमा विदेशी प्रभाव र बन्दुकको दबाबमा जबर्जस्ती लादिएको असफल व्यवस्थाविरुद्ध गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्यद्वारा गरिएको अमानवीय दमन निन्दनीय मात्र होइन, गम्भीर आपराधिक कृत्य पनि हो भनेको छ ।
सरकारद्वारा प्रहरीलाई दमनकारी रूपमा प्रयोग गरी सुबिन महर्जन र ब्ख् ल्भधक टेलिभिजनका पत्रकार सुरज रजकको विभत्स हत्या गराउनु अमानवीय तथा गैर–लोकतान्त्रिक कार्य भएको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा शुक्रवारको घटनाले पुनः पुष्टि गरेको छ कि राष्ट्रघाती शक्तिहरूको प्रभावमा रहेको यो सरकार जनताको स्वतन्त्रता, न्याय, र मौलिक अधिकारप्रति पूर्ण रूपमा उदासीन छ । लोकतन्त्रको नाममा थोपरिएको यो भ्रष्ट व्यवस्था आम नागरिकका लागि दुःख, अन्याय, र दमनको कारक बनेको उल्लेख छ ।
विज्ञप्ती मार्फत कायरतापूर्ण हत्याको विरोधस्वरूप देशव्यापी आन्दोलन जारी रहने आहृवान पनि गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -