सहारा दैनिक

spot_img
Homeसमाचारदाजु र भाउजुको हत्याको आरोपमा एकजना पक्राउ

दाजु र भाउजुको हत्याको आरोपमा एकजना पक्राउ

वीरगंज, १४ चैत । भाउजुको हत्या गरी दाजुलाई खुकुरी प्रहार गरेको आरोपमा भाईलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं. १ चौकीटोल बस्ने लालबाबु दासको छोरा वर्ष २३ को राहुल भन्ने रमेश दासले आफ्नै सहोदर दाजु वर्ष २८ को रूपेश दासलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको बारा प्रहरीले जनाएको छ । प्रहरी चौकी चौकीटोलले राहुल भन्ने रमेश दासलाई नियन्त्रणमा लिएको छ । निजकै भाउजु वर्ष ३५ की गुडिया दास कोठाभित्र मृत अवस्थामा रहेको जानकारी पाएपछि जिप्रका, मकवानपुरका प्रमुख प्र.उ. विश्व राज खड्काको कमाण्डमा अनुसन्धान अधिकृत तथा सोको सहितको प्रहरी टोली घटनास्थलमा प्रारम्भिक अनुसन्धान गर्दा निज राहुल भन्ने रमेश दासले दाजु रूपेश दासलाई खुकुरी प्रहार गर्नु भन्दा पहिले नै भाउजु गुडिया दासलाई टाउको तथा शरीरको बिभिन्न भागहरूमा हसिया प्रहार गरी हत्या गरेर कोठामा बाहिरबाट ताला लगाइएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी १ थान, हसिया १ थान बरामद गरी निज राहुल भन्ने रमेश दासलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ज्यान सम्बन्धी कसुर मुद्दामा ३ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको जिप्रका, मकवानपुरले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -