सहारा दैनिक

spot_img
Homeसमाचार१०३ किलो गाँजासहितको ट्रक नियन्त्रण

१०३ किलो गाँजासहितको ट्रक नियन्त्रण

बारा,७ चैत । सशस्त्र प्रहरीले बाराबाट १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
पचरौता नगरपालिका–३ रामनगरबाट सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
बाराको रामनगरबाट कोतवाली जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको जनाएको छ । बरामद गाँजा तथा ट्रक आवश्यक अनुसन्धानका लागि सम्बन्धीत निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताएका छन् । चालक फरार भएको उनले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -