सहारा दैनिक

spot_img
Homeदेशगौर नपाद्वारा राइस मिलको जग्गा सन्बन्धी निर्णय स्थगित

गौर नपाद्वारा राइस मिलको जग्गा सन्बन्धी निर्णय स्थगित

राधेश्याम साह
गौर, ६ चैत ।
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै गौर राइस मिलको जग्गा सम्बन्धमा अघि गरिएको निर्णय स्थगित गरिएको जनाएको छ ।

नागरिक समाज रौतहटको नेतृत्वमा सर्वपक्षीय र सर्वदलीय टोलीले गौर राइस मिलको ५ बिघा १९ कठ्ठा १५ धुर क्षेत्रफलको सम्पूर्ण जग्गा अधिग्रहण गर्न रकम जुटाउने प्रतिबद्धता गरेकोले हाललाई नपाबाट गरिएको सम्पूर्ण निर्णय स्थगित गरिएको मेयर शम्भु साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

गौर राईस मिलको नाममा दर्ता रहेको जग्गाहरू विगत लामो समय देखि सार्वजनिक प्रयोगमा रही उक्त जग्गा प्राप्त गर्नु पर्ने जनचाहना अनुसार जग्गा प्राप्तिको लागि विभिन्न चरणको प्रयासहरू सफल हुन नसकी जनचाहना पूरा हुन नसकेको कारण गौर नगरपालिका, नगरपालिकाको नागरिक एवं खेलाडीहरूको हकहितको लागि गौर राईस मिलको जग्गाहरू मध्ये २–१५–० जग्गा गौर नगरपालिकाले दानमा लिने निर्णय गरिएकोमा गौर राईस मिलको जग्गा वारे विगतमा गौर नगरपालिकाले गरेको निर्णयलाई नेपाल नागरिक समाज, रौतहटको नेतृत्वमा सर्वपक्षीय–सर्वदलीय टोलीले गौर राईस मिलको सबै जग्गा (५–१९–१५) अधिग्रहण गर्न रकमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको हुनाले अधिग्रहण कार्यलाई कार्यान्वयन गर्न विगतमा गौर नगरपालिकाबाट भएका सबै निर्णय स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -