सहारा दैनिक

spot_img
Homeदेशराजसंस्था पुनरस्थापनाको माग सहित बृहत मोटरसाइटल र्‍याली प्रदर्शन

राजसंस्था पुनरस्थापनाको माग सहित बृहत मोटरसाइटल र्‍याली प्रदर्शन

राजा दल र भोटको राजनीति भन्दा माथिको संस्था हो–अध्यक्ष लिङ्देन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था भोटको राजनिति भन्दा धेरै माथिको संस्था भएको बताउनु भएको छ ।

राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राप्रपा पर्साद्वारा शनिबार वीरगंजमा आयोजित बृहत मोटरसाइकल र्‍याली र आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिलेका ठुला भनिएका दलहरु संग लड्न आफुहरु नै काफी रहेको बताउनु भएको हो ।

प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका अध्यक्ष लगायतका नेताहरुले राजालाई चुनावमा आउन भनिरहेका बेला अध्यक्ष लिङ्देनले उनीहरुलाई जवाफ दिंदै यस्तो बताउनु भएको हो ।

वीरगंज स्थित लालबंगला परिसरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूले पार्टी विशेषको नभई देशको राजा ल्याउन खोजेको बताउदै हामीले कुनै राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो भन्नु भयो ।

उहाले दलहरूले शासन गर्न थालेयता देश झन–झन संकटमा परेको दावी गर्दै नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा देशमा रोजगारी नपाएर युवा विदेशिन बाध्य हुंदा देश रित्तिंदै गएको बताउनु झयो ।


अध्यक्ष लिङ्देनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गर्दै एक दशक अघिसम्म मुलुकको बाहृय र आन्तरिक ऋण रु ७ खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु २६ खर्ब नाघेकामा चिन्ता व्यत्त गर्नुभयो ।
सभामा संविधान २०७२ खारेजी र संविधान २०४७ पुनरस्थापनाको मुद्दा सहित अधियान चलाएको राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले संवैधानीक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका निम्ती ढिलो नगरी संघर्षमा उत्रीनु पर्नेमा जोड दिनु भयो ।
उहाले अब राष्ट्रवादी शक्ति देशको अस्तित्व जोगाउन राजसंस्था पुनरस्थापनाको विकल्प नरहेको बताउदै छिट्टै राष्ट्रिय स्तरमा संयुक्त आन्दोलन परिचालन समिति गठन गरी अघि बढ्नु पर्ने बताउनु भयो ।
त्यसै गरी राप्रपाका नेता बिक्रम पाण्डे, धवल सम्शेर राणा, मकवानपुरका सांसद दिपक सिंह, नेपाली कांग्रेस (विपि) का महामन्त्री देवेन्द्र प्रकास पौडेल, प्रो. केवी रोकाय, लेखक डा. सास्त्रदत्त पन्त लगायतले पनि सभामा सम्बोधन गर्दै गणतन्त्र आए पछि मुलुकका संपुर्ण कल कारखानाहरु बन्द हुंदा देशका युवाहरु विदेश पलायन हुन बाध्य भएको बताएका छन ।
उनीहरुले विपिको मेलमिलापको नितिलाई नजरअन्दाज गरी धोखापुर्ण तथा अवैधानीक बाटोबाट गणतन्त्र स्थापना गरेको दावी गर्दै अबको विकल्प संविधान २०४७ नै भएको धारणा ब्यक्त गरेका छन ।

राष्ट्रिय नागरिक संघर्ष समितिका पर्सा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आयोजित सभाको सहजिकरण मानव सेवकले गर्नु भएको थियो भने स्वागत मन्तव्य सांसद विणा जैसवालले गरेकी थिइन ।

आमसभा अघि राष्ट्रिय नागरिक संघर्ष समिति र राप्रपाले बारा जिल्ला स्थित सिमराबाट निकालिएको बृहत मोटरसाइकल र्‍याली वीरगंज घण्टाघर हुंदै नगर परिक्रमा गरी लालबंगलामा पुगेर समापन भएको थियो ।

सभामा पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र नेकपा (माले)का महासचिव सिपि मैनालीले राष्ट्रिय नागरिक संघर्ष समिति र राप्रपाले राजसंस्था पुनरस्थापनाका लागी अभियान थालेकोमा ऐक्यबद्धता व्यक्त गर्दै पठाएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो ।

भिडियो हेर्नुहोस्

 

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -