सहारा दैनिक

spot_img
Homeदेशपुर्व राजाबाट आएको सन्देशको समर्थनमा र्‍याली र आमसभाको आयोजन

पुर्व राजाबाट आएको सन्देशको समर्थनमा र्‍याली र आमसभाको आयोजन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजाबाट आएको शुभकामना सन्देशको समर्थनमा वीरगंजमा मोटरसाइकल र्‍याली र आमसभा हुने भएको छ ।
राष्ट्रीय नागरिक संघर्ष समिति, पर्साले एक अपिल जारी गरी “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारद्वारा यही मिति २०८१ फाल्गुन ०७ गते प्रजातन्त्र दिवसको पुनित अवसरमा देशवासीका नाममा बक्सभएको शुभकामना सन्देश मार्फत गरी बक्सेको आहृवान”लाई समर्थन गर्नका लागि मोटरसाइकल र्‍याली र आमसभा गरिने उल्लेख छ ।


संघर्ष समितिले जारी गरेको अपिलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐकबद्धता र विभिन्न राजनीतिक दल, संघ–संस्थाहरूको सहकार्यमा फागुन २४ गते आयोजना हुने विशाल आमसभा तथा मोटरसाइकल र्‍यालीमा पुर्व राजाको आव्हानलाई समर्थन गर्नउपस्थितका लागि जनसमुदायमा अपिल समेत गरेको छ ।
संघर्ष समितिले फगुन २४ गते शनिवार बिहान ११ बजे
सिमराबाट मोटरसाइकल र्‍याली निकालेर वीरगंज घण्टाघर हुंदै नगर परिक्रमा गरी पुनः घण्टाघर चोकमा आमसभाको आयोजना गर्ने कार्यक्रम रहेको राष्ट्रीय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले जानकारी दिनु भयो ।
आमसभामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
विशाल आमसभा तथा मोटरसाइकल र्‍यालीमा सहभागिताका लागी आयोजक राष्ट्रीय नागरिक संघर्ष समिति र सह–आयोजक राप्रपाले समाजिक संजाल मार्फत सार्वजनिक निमन्त्रणा पनि जारी गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -