सहारा दैनिक

spot_img
Homeसमाचारनेपाल पासवान संघ पर्साको अध्यक्षमा पुनः पासवान

नेपाल पासवान संघ पर्साको अध्यक्षमा पुनः पासवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ फागुन ।
नेपाल पासवान संघ पर्साको भेला सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा बहुदरमाइको प्राङ्गणमा सम्पन्न भेलाले पुनः प्रभु पासवानकै अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरेको छ ।
पुनगर्ठित कमिटीको उपाध्यक्षमा शम्भु पासवान, सचिवमा रबिभूषण पासवान, उप–सचीवमा छनु पासवान, मुखिलाल हजरा, कोषाअध्यक्षमा धिरज पासवान र सदस्यहरूमा क्रमश धनन्जय पासवान, रामदयल पासवान, राजकेश्वर पासवान, अमरदेव पासवान, ललिता देवी, फुलझरी देबि, शम्भु पासवान, नरेन्द्र पासवान, दिनानाथ पासवान लगाएत २५ सदस्यीय कमिटी गठन गरेको हो ।
भेलाले १४ वटा पालिकाहरूको कमिटी चैत्र मसान्तमा गठन गर्ने निर्णय समेत गरेको उपाध्यक्ष शम्भु पासवानले बताउनु भयो ।
राष्ट्रियसभाका पूर्वसांसद रामपृत पासवानले जातीय एकताको विकल्प नरहेको बताउदै व्यापक कमिटी निर्माण गर्नमा जोड दिनु भयो ।
भेलामा दलित अभियन्ता धर्मेन्द्र पासवान, दलित अयोगका पूर्वसदस्य गया हजरा पासवान, दलित अभियान्ता सुबा साहेब पासवान, पत्रकार बृजलाल पासवान, समाजसेबी डा. सुरेश पासवान लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -