सहारा दैनिक

spot_img
Homeसमाचारगाँजासहित चारजना पक्राउ

गाँजासहित चारजना पक्राउ

वीरगंज, १२ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले २१ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाले नारायणगढबाट वीरगंज जाँदै गरेको बा ४ ख ७५१७ नम्बरको बस चेकजाँच गर्दा सिटमुनि लुकाईछिपाई राखेको २१ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ्ग–१ हाँडिखोला बस्ने वर्ष ४० को अर्जुन रूम्बा, वर्ष ३४ को राजु लामा, वर्ष ३१ को प्रदिप मोक्तान रहेका छन् । यसैगरी अमलेखगंज चोकबाट करीब ५ किलो गाँजा सहित एकजनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१८ ईनर्वा मनियारी बस्ने वर्ष २१ को राजकिशोर कुर्मी रहेको प्रहरीले जनाएको छ । हेटौडाबाट वीरगंज पैदल जाँदै गरेका कुर्मीलाई चेक जाँच गर्दा उनको व्याग भित्र ४.९ किलो गाँजा फेला परेको हो । पक्राउ परेका चारजनालाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -