सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्साको जिल्ला स्तरीय बिस्तारित बैठक सोमवार वीरगंजको राणीसतीको सभाहलमा सम्पन्न भएको छ ।
पार्टीको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको बैठकमा पूर्वराजाले जनतामा दिएको सन्देशलाई मनन गर्दै देश र जनता बचाउन कसरी आन्दोलनको शुरूआत गर्नेबारे छलफल गरिएको थियो ।
बैठकमा फागुन २१ गते जनकपुरमा राप्रपाले प्रदर्शन गर्ने र संगठन कसरी तीब्र रूपमा अगाडी बढाएर बैशाख मसान्तसम्म जिल्लाको अधिवेशन सम्पन्न गर्ने बिषयमा छलफल भएको थियो ।
बैठकमा प्रदेश अध्यक्ष भरत गिरी, संघीय सांसद बिना जैसवाललगायतको सहभागिता थियो ।
Facebook Comments Box