सहारा संवाददाता–––––––––––––––
वीरगंज, १ फागुन ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा २०८१–७–५ गते बिभिन्न मांग राखी नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा कुनै सुनवाइ नभएको भन्दै आज नगरपालिका अगाडी एक घन्टा बिरोधको कार्यक्रम गरेको छ ।
मांग पूरा नभएसम्म संघर्ष तथा भण्डाफोर कार्यक्रम जारी रहने राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले बताए ।
पोखरीया नगरपालिकाले हाल बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने, कर्मचारीहरूलाई समयमा तलब दिनुपर्ने, नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने, निर्माण कार्य सम्पन्न गरेकालाई भुक्तानी दिनु पर्ने, नगर बिस्तारमा जग्गा धनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने, नगरपालिकाबाट मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्नेलगायतको माग राख्दै विरोधका कार्यक्रम जारी रहेको केन्द्रीय सदस्य शमानीले बताए ।
कार्यक्रममा जिल्ला संयोजक राजेश साह, युवा नेता दिव्या प्रकाश चतुर्वेदी, मनोज साह कानु, जगन चौहान लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
रामु पार्टीद्वारा पोखरियामा भण्डाफोर तथा संघर्षको कार्यक्रम
Facebook Comments Box