सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साले खसीको मासु भनेर बाख्राको मासु बिक्री गरी कालोबजारी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
माघ २८ गते ६ः०० बजे वीरगंज महानगरपालिका वडा नं. १३ प्रतिमाचोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु हो भनी बाख्राको मासु बिक्री गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको छ ।
प्रहरी टोलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला पारेकोले फ्रेस हाउसका सञ्चालक वीरगंज–१३ बस्ने वर्ष ४१ को हारून मियाँँ अन्सारीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
उक्त पसलबाट १५ केजी मासु पनि नियन्त्रणमा लिइ कालोबजारी सम्बन्धी कसुरमा अन्सारीलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box