सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ माघ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगंजले सोमवार नारायणी अस्पतालमा ५०० बेडको भवन निर्माण सम्बन्धी मुद्दाको निकास गरेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र सुनिल पोख्रेलको संयुक्त इजलाशले यसअघि निर्माण कम्पनीको पक्षमा गरेको फैसला उल्ट्याउँदै शहरी विकास तथा भवन निर्माण विभागको पक्षमा फैसला गरेको छ ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले सोमवार सर्वाेच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आउन बाँकी रहे पनि ५ वर्षदेखि अन्योलमा रहदै आएको नारायणी अस्पतालको ५०० शैयाको भवन निर्माण प्रकृयाले अब गति लिने बताए ।
अस्पतालका सूचना अधिकारी डा. उदयनाराण सिंहले सर्वाेच्चको फैसलाले अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र वीरगंजबासी खुशी भएको बताए ।
सरकारले नारायणी अस्पताललाई २०७४ सालमै केन्द्रिय अस्पताल घोषणा गरेर ५०० शैयाको नयाँ पाँच तल्ले भवन निर्माणका लागि २०७५ चैत १८ गते १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रुपियाँँ बजेट विनियोजन गरेको थियो र निर्माण कम्पनीबीचको विवादको कारण अदालतमा रीट परेपछि नारायणी अस्पताल निर्माण कार्य पाँच वर्षदेखि अन्योलमा परेको थियो । त्यसपछि चिकित्सकहरुले आन्दोलन शुरु गरेको थियो । चिकित्सकको आन्दोलनमा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएको थियो ।
नारायणी अस्पतालको नयाँ भवन निर्माणको बाटो खुल्यो
Facebook Comments Box