सहारा दैनिक

spot_img
Homeदेशअसीको दशक समृद्धिको दशक बन्नुपर्छः प्रधानमन्त्री ओली 

असीको दशक समृद्धिको दशक बन्नुपर्छः प्रधानमन्त्री ओली 

काठमाडौँ, १८ माघः/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्ने बताउनुभएको छ । आजदेखि सुरु प्रतिनिधिसभाको पाँचौँ अविधेशनको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “असीको दशक समृद्धिको दशक हुनुपर्छ । यो समयलाई खेर नफालौँ । अबको दशकलाई विकासको दशक बनाऔँ र देशलाई स्थिरता दिऔँ ।”
उहाँले ६० को दशकलाई गणतन्त्र स्थापना र सङ्क्रमणकालको दशक भन्न सकिने उल्लेख गर्दै उक्त समयमा नयाँ संविधान निर्माणको प्रयास भएको बताउनुभयो । “सत्तरीको दशक सङ्क्रमणको अन्त्य, संविधान निर्माण तथा समृद्धिको आधार निर्माणको दशक रह्यो । यस दशकमा नाकाबन्दी र भूकम्पले सिर्जना गरेका बाधाहरु पन्छाउँदै संविधान कार्यान्वयन गर्ने कानुन बनाउने र दूरगामी महत्वका पूर्वाधार निर्माणका काम भए”, उहाँले भन्नुभयो । संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुनःनिर्माण गर्ने, स्थायित्व कायम राख्ने र शान्ति प्रक्रियालाई संस्थागत गर्ने दशकका रूपमा यसलाई लिन सकिने उहाँको भनाइ छ ।
“यसका लागि हामीले संविधान, ऐन र कानुनमा जहाँ जे संशोधन र परिर्वतन चाहिन्छ, गर्नुपर्छ । हामीले सुरुदेखि भन्दै आएका छौँ, संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन”, उहाँले भन्नुभयो, “संविधान असंशोधनीय विषय पनि होइन । हामीले संविधान बनाएको १० वर्ष भयो । अब यसको समीक्षा गर्ने बेला आएको छ ।”
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -