सहारा दैनिक

spot_img
Homeसमाचारमोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

जनकपुर, ११ माघः/ रासस जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यादव सवार ज१ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४प८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -