सहारा दैनिक

spot_img
Homeसमाचारउपकार सेवा नेपालद्वारा आँखा शिविर

उपकार सेवा नेपालद्वारा आँखा शिविर

वीरगंज, ०९ माघ । बाराको प्रसौनी गाउँपालिकामा निशुल्क आँखा शिविर उपकार सेवा नेपालको आयोजनामा भएको छ । प्रसौनी गाउँपालिका एवं रोहित फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा वीरगंज आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । वडा नम्बर १ को स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा दुई सय १७ जनाको आँखाको चेकजाँच गरिएकोमा १०२ जनामा मोतियाबिन्दुको समस्या देखा परेको जनाइएको छ । उनीहरूको वीरगंज आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने अस्पतालका डा. महेश सिंह धामीले बताए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -