सहारा दैनिक

spot_img
Homeदेशरक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज ५ माघ/
दुर्गा पूजा सेवा समिति रानीघाटले २३औं पटक आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान रक्तदान गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले कार्यक्रमको उदघाटन गर्दै रक्तदानको महत्वका वारेमा चर्चा गर्नुभएको थियो ।
उहाँले वर्षमा चार पटक रक्तदान गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा राजु गुप्ता, चन्दन सिंह, बिरेन्द्र राम, सतिश सिंह राजपुत, नुरूल होदा, कमरूदीन अंसारी, मुन्ना सर्राफ, राजु कुशवाहा, अब्दुल हकिम आलम लगायतकाले रानीघाट चोकमा रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताउनु भयो ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै यस समितिले पटक पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितिका अध्यक्ष सतिश सिंह राजपुतले बताउनुभयो ।
कार्यक्रममा दुर्गा पुजा सेवा समितिका सल्लाहकार दिनानाथ प्रसाद रौनियार, गोपाल रौनियार, छोटेलाल प्रसाद सर्राफ, रानीघाट अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक ननदलाल बैठा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार प्रणय कुमारले गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -