सहारा संवाददाता–––––––––––––––
वीरगंज, १ माघ ।
खिचडी (माघी) मूल समारोह समितिले मंगलवार नयाँ वर्ष २६४९ को शुभकामना आदान प्रदान एवम् भाषा तथा सांस्कृति कार्यक्रम प्रदर्शन गरेको छ ।
आदिवासी थारू समूदायको झलक घांटो, सामाचकेवा, झम्टा, थारू पूर्वी नाच, थारू समुदायका बाल बाललिकाहरूद्वारा थारू गीतमा नृत्य प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा थारू विशेष परिकार घोंङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ तिलको प्रकारको मिठो खाने कुराहरू बनाईनाइएर स्टल समेत लगाइएको थियोे।
घण्टाघरदेखि प्रभातफेरी ¥याली निकालेर आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा पुगेर टुङ्गिएको थियो ।
थारू नयाँ वर्ष समेत रहेको आजको दिनलाई विशेष बनाउन उद्देश्यका साथ थारू संस्कृति, भाषा, साहित्य, पहिचानको प्रवद्र्धन र जगेर्ना गर्न प्रत्येक वर्ष माघी महोत्सव मनाउँदै आएको कार्यक्रमको अध्यक्ष प्रवीण पञ्जियारले बताए ।
कार्यक्रममा नेता प्रकाश उपाध्यायले यसप्रकारको कार्यक्रमले भाईचाराको सम्बन्ध बिस्तार गर्न टेवा पुग्ने बताए । उनले माघे सङ्क्रान्ति थारू समुदायको मात्रै नभएर सबै नेपालीको एकताको पर्व हो भन्दै सबैजनालाई थारू समुदायको नया वर्ष एवं महान् चाड खिचडी (माघी) पर्वको शुभकामना दिए ।
कार्यक्रममा थारू कल्याणकारिणी सभा पर्साका केन्द्रिय सदस्य महेन्द्र चौधरी, विशिष्ट अतिथी पुर्व मन्त्री एवं पर्साका सल्लाहकार सुरेन्द्र प्रसाद चौधरी, जय प्रकाश थारू, इन्द्रदेव चौधरी, दिनेश चौधरी, पत्रकार महासङ पर्साका अध्यक्ष ओम प्रकाश खनाललगायतको सहभागिता थियो ।
माघी महोत्सवमा थारु कला–संस्कृति प्रदर्शन
Facebook Comments Box