कपिल डंगोल–––––––––––––––
वीरगंज, २७ पुस ।
राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठाको वार्षिकोत्सवको अवसरमार माँ वैष्णो देवी मन्दिर परिसर वीरगंजमा दिपोत्सव मनाइएको छ ।
भारत उत्तर प्रदेश स्थित अयोध्यामा राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा शनिवार वीरगंज महानगरपालिका वडा नं. १६ गणेश टोल बाइपास स्थित माँ वैष्णो देवी मन्दिर परिसरमा ५१ हजार दिप प्रज्वलन गरी दिपोत्सव मनाइएको हो ।
हिन्दु स्वयम सेवक संघ र विश्व हिन्दु परिषदको आयोजनामा गाणेश टोल वासीले शनिवार बेलुकी वैष्णो देवी मन्दिर परिसरमा बालिएको दिप प्रज्वलनका फोटो फिचर सहित ।