सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ पुस ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताउनुभएको छ ।
शुक्रबार आयोजित वीरगंज महानगरपालिकाको १६ औं अधिवेशनलाई सम्बोधन गर्दै मेयर सिंहले चालु आर्थिक बर्षकालागि नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राफ्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्वीकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यत्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताउनुभयो ।
उहाले बजेट कार्यान्वयनकालागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१/०८२ को बार्षिक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गर्नु भयो ।
नगरसभाको १६ औ अधिवेशनले मेयर सिंहले पेश गर्नुभएको विधेयक तथा प्रस्ताबहरु सर्वसम्मतले पारित गरेको छ ।
नक्सा पास नगरी निर्माण भएका पुराना घरको अभिलेखिकरण यही चैत मसान्तसम्म गराउदा ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ । जरिवाना छुटको लाभ उठाउदै निर्माण भएका संरचनाको अभिलेखिकरणका लागि आउदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई मेयर सिंहले आग्रह पनि गर्नु भयो ।
नगरसभा पश्चात सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरागर्दै मेयर सिंहले बैभव वीरगंज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधीहरु एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो ।
उहाले सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण गर्ने लक्ष्यका साथ महानगरका टिम अगाडी बढेको बताउनुभयो ।
नगरसभाको १६ औं अधिवेशनमा उप–मेयर ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका कार्यपालिका सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न
सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण एक मात्र लक्ष्य हो–मेयर सिंह
Facebook Comments Box