सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ पुस ।
त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेलमा अखाद्य वस्तु (केमिकल) प्रयोग भएको प्रमाणसहित समाचार सार्वजनिक भए पनि सम्बध निकाय मौन देखिएका छन् ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेल घ्युजस्तै जमेको फेला परेको प्रमाणसहित स्थानीय तथा राष्ट्रिय स्तरमा समाचार सार्वजनिक भए पनि बिजनेश टाइकुन त्रिवेणी ग्रुप कानूनी दायराबाट अझ पनि बाहिरै रहेका छन् । राज्यले “सानालाई ऐन, ठूलालाई चैन” भन्ने भनाईलाई चरितार्थ राज्यले गरेको यसले पुष्टि हुन्छ ।
सो उद्योगबाट उत्पादित बजारमा फेला परेको ब्याच नं. ०१, प्याकेट ०८१–०४ लेखिएको ‘रानी’ब्रान्डको कच्ची घानी सरसोको तेल ग्रेड–१ उल्लेख भएको तेलको प्याकेट घ्युजस्तै जमेको फेला परेको छ ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेलमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको विभिन्न जनावरको बोसोबाट बनाइएको तेलको अत्यधिक प्रयोग गरिएको जानकारहरूले आशंका व्यक्त गरेको अवस्था एकातिर छ भने सो उद्योगका सञ्चालक प्रभु दयाल कन्दोईले समेतले ‘रानी’ ब्रान्डको सरसो तेलमा अखाद्य वस्तु रहेको फेला परेको भनी स्वीकारसमेत गरिसक्दा पनि राज्यका कुनै पनि निकायले ती ग्रुप तथा उद्योग र उद्योगी उपर कुनै किसिमको कारबाही अगाडि बढाएको पाइएको छैन ।
सो उद्योगबाट ‘कच्ची घानी सरसों तेल ग्रेड–१’ लेखिएको रानी ब्रान्डको खानेतेल जमेको फेला परेको सम्बन्धमा टिप्पणी गर्दै एक जानकारले मानव स्वास्थ्यका लागि अति नै हानिकारक मानिएको तेलको अत्यधिक मिसावट गरेको खण्डमा चिसोमा जम्ने हो, अन्यथा शुद्ध सरसोको तेल जतिसुकै चिसोमा राखे पनि नजम्ने दाबी गरेका छन् ।
घ्युजस्तै जम्ने प्रकृति अथवा सोही ब्याचका सो उद्योगले उत्पादन गरी बजारमा पठाएको रानी ब्रान्डको १ लिटरको तेलको लाखौं प्याकेट बजारमा पठाएका थिए तर सञ्चालक कन्दोईले अखाद्य वस्तुबारे जानकारी भएपछि एक– डेढ सय कार्टुन बजारबाट फिर्ता ल्याएको बताएका थिए । घ्युजस्तै जमेको फेला परेको सो उद्योगका रानी ब्रान्डको सरसोको तेल मुलुकको आधा भन्दा बढी जनसंख्या ओगटेको तराई मधेश केन्द्रित उत्पादन गर्ने गरेका छन् भने पहाडी क्ष्Fेत्रका लागि छुट्टै प्याकेट भएको रानी ब्रान्डकै तेल उत्पादन गर्ने गरेको स्वयं कन्दोईले बताएका छन् ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेल चिसोमा जम्ने, घाम लागेपछि पग्लिने गरेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिकले समेत तोरी वा सरसोको तेल यदि शुद्ध हो भने कुनै पनि अवस्थामा नजम्ने भन्छन् । ती प्राविधिकले यदि तेल जमेको छ भने त्यसलाई खानयोग्य नमानिने बताएका छन् ।
जानकारका अनुसार भारतको बरेलीबाट साबुनमा प्रयोगका लागि आयात गरिने जनावरको बोसोबाट बनाइएको टेलि तेल ल्याएर त्यसमा झाँस आउने विषाक्त केमिकल प्रयोग गरी सरसोको खानेतेल भनेर उत्पादन गर्दा न्यूनतम तापक्रममा जम्छ अन्यथा कुनै हालतमा जम्दैन ।
खानेतेलसम्बन्धी अर्का एक प्राविधिकका अनुसार जनावरको बोसोका साथै कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट बाट उत्पादित तेल स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ ।
यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुन्छ ।
उद्योगमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा पकाएको खानेकुराले मानव शरीलाई मन्दविषजस्तै असर भई यसले रगतमा खराबी, कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ । धमनीहरूको भित्री भागमा नकारात्मक असर पारेर धमनीहरू साँघुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा ह्दयाघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुने जानकारको भनाइ छ ।
नेपालका प्रतिष्ठित उद्योगी घराना भनिएको संघाई (त्रिवेणी ग्रुपको) मातहतको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिबाट यसरी मानव स्वास्थ्यमाथि प्रत्यक्ष असर पर्ने खाद्य सामग्री उत्पादन गरेको पाइएको हो ।
शुद्ध सरसो तेल भनेर भारत राजस्थान प्रदेशको भरतपुरबाट उत्पादित ‘रानी’ ब्रान्डको मिल्दोजुल्दो प्याकेट र अर्काे समान्य फरक प्याकेटमा ‘रानी’कै नाममा बोसोजस्तै जम्ने तेल उत्पादन गरी अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि निर्वाध बिक्री वितरण गरिरहेका छन् ।
सानालाई ऐन, ठूलालाई चैन भन्ने भनाइको चरितार्थ गर्दै राज्य
विषाक्त तेल उत्पादन गर्ने त्रिवेणी ग्रुप अझै कानूनी दायराभन्दा बाहिर
Facebook Comments Box