सहारा दैनिक

spot_img
Homeसमाचार७७ लाखको सामानसहित ट्रक नियन्त्रणमा

७७ लाखको सामानसहित ट्रक नियन्त्रणमा

सहारा संवाददाता–––––– वीरगंज, १६ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले ७६ लाख ७५ हजार ४५१ मूल्य बराबरको खुद्रा तथा औषधी लोड रहेको ट्रकलाई नियन्त्रणमा लिई कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ । सूचनाको आधारमा सोमवार राति ११ः४५ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२१ स्थित हनुमानचोकमा ना.८ ख ४१२४ नम्बरको ट्रक प्रहरीले चेकजाँच गरेको थियो । वीरगंजबाट धनुषा जाँदै गरेको उक्त ट्रकमा खुद्रा तथा औषधीहरू लोड रहेको र चेकजाँचको क्रममा बिलबिजक भन्दा बढी सामान देखिएपछि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -