सहारा दैनिक

spot_img
Homeअर्थलाखौंको सामानसहित ट्रक बारा प्रहरीद्वारा नियन्त्रण

लाखौंको सामानसहित ट्रक बारा प्रहरीद्वारा नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११पुस ।
जिल्ला प्रहरी कार्यालय, बाराले ६७ लाख ९६ हजार बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिई अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । बिहीवार जीतपुरसिमरा उप–महानगरपालिका–२१ अमलेखगंजमा इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रबनानि टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट रूपन्देही जाँदै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकमा लोड रहेको ३१ लाख ८२ हजार मूल्य बराबरको प्लास्टिक ब्याग, वाटर हिटर, औषधी, इलाइची लगायत खुद्रा सामान चेकजाँच गर्दा बिलबिजकभन्दा बढी देखिएको र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
यसैगरी बुधवार प्रहरी चौकी पथलैयाका प्रबनानि रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट रूपन्देही जाँदै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकमा लोड गरेको ३६ लाख १३ हजार ९६९ मूल्य बराबरको हार्डवेयर, मोटर पोर्टस, डाईवेयर वाइल, कल्क लगायत अन्य खुद्रा सामानहरू चेकजाँच गर्दा बिलबिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -