सहारा दैनिक

spot_img
Homeसमाचारसरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय

सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय

वीरगंज, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत भएको भन्दै देशैभर भण्डाफोर अभियान चलाउने भएको हो ।
यो सरकारका कारण मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै सातै प्रदेश र अन्य तहमा भण्डाफोर अभियान र विरोध कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए। त्यस्तै सरकारले अर्थतन्त्र चलायनमान गराउन नसकेको, असन्तुलित परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्धमासमेत नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी उनले दिए ।
बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समिक्षा गरिएको लिङ्देनले बताएका छन् ।
बैठकले सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलितमाथि सरकारी दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -