सहारा दैनिक

spot_img
Homeसमाचारबुद्धिचाल प्रतियोगिताका विद्यार्थीहरूलाई अभिनन्दन

बुद्धिचाल प्रतियोगिताका विद्यार्थीहरूलाई अभिनन्दन

वीरगंज, ८ पुस । मूनलाइट इङ्गिलस बोर्डिङ स्कूलका विद्यार्थीहरूले काठमाण्डौमा सम्पन्न राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि आज एक कार्यक्रमको आयोजना गरि वीरगंज महानगरपालिकाको नगरप्रमुख मेयर राजेशमान सिंहले अभिनन्दन गरेको छ ।
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसिया, श्याम केसी, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, डा. निरज सिंहलगायतको उपस्थिति थियो ।
तेस्रो अन्तरविद्यालयस्तरीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मूनलाइट स्कूलकी कक्षा ९ की छात्रा सनम श्रेष्ठ छात्रातर्पm प्रथम स्थान हासिल गरेकी थिइन ।
१०६ विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा मूनलाइट स्कूलले ओभरअल उत्कृष्ट प्रदर्शन गर्दै नेपालभरि मै द्वितीय स्थान हासिल गर्न सफल भएकि थिईन ।
वीरगंज महानगरपालिकाको नगरप्रमुख मेयर राजेशमान सिंहले बिजेता विद्यार्थीहरू सनम श्रेष्ठ, चाँदनी मुखिया, सुरेश मुखिया, सुन्दरम पटेल, सननी साह, प्रिजेश श्रेष्ठ, संस्कार अर्याल, शुभम साह, मयंश चौधरीलाई माला लगाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -