सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ पुस । हरवा–चरवाहरूको जिल्लास्तरीय जिल्ला वीरगंजमा हुने भएको छ ।
मुक्त हरवा–चरवा अधिकार मंच, पर्साको सोमवार वीरगंजमा सम्पन्न बैठकले पुनस्र्थापनाको लागि दबाब स्वरूप वीरगंजमा बृहत जनसभा गर्ने निर्णय गरेको हो ।
मंचका अध्यक्ष अमरदेव पासवानको अध्यक्षतामा बसेको बैठकले राज्यद्वारा हरवा–चरवाहरूलाइ मुक्त घोषणा गरिए पनि पुनरस्थापनाका प्रारम्भिक कामसमेत अगाडि नबढाएकोले आन्दोलनको विकल्प नरहेको ठहर गर्दै संगठनलाई थप सुदृढ गर्दै हरवा चरवाहरूमा जागरण अभियान समेत संचालन गर्ने निर्णय गरेको मंचको सचिव खेदन माझीले बताए ।
बैठकमा दलित अगुवा प्रभु पासवान, मंचका केन्द्रिय सदस्य खुबलाल राम, जिल्ला उपाध्यक्ष उमापती माझी लगाएतको उपस्थिति रहेको सचिव माझीले बताए ।

Facebook Comments Box