सहारा दैनिक

spot_img
Homeसमाचारचन्द्रपुरमा स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

चन्द्रपुरमा स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

चन्द्रपुर, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भएर रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको बताइन्छ ।
चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सारपुल नजिक सडक साइडको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । उक्त दुर्घटनामा बालबालिकासहित ४ जना घाइते भएका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -