सहारा दैनिक

spot_img
Homeदेशकोकिन सहित केन्याली महिला पक्राउ

कोकिन सहित केन्याली महिला पक्राउ

काठमाडौँ, १६ मंसिर (रासस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आज एक केन्याली महिला पक्राउ परेकी छिन् ।
सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल झन्सार कार्यालयको संयुक्त जाँचका त्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो आठ सय ४० ग्राम कोकिन जस्तो पदार्थसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन् ।
कतार एयरवेजको उडानबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई बुझाइको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -