सहारा दैनिक

spot_img
Homeअपराध१७० किलो गाँजा सहित दुई पक्राउ

१७० किलो गाँजा सहित दुई पक्राउ

सहारा संवाददाता–––––––––––––––
कलौया, १२ मंसिर ।
बारा प्रहरीले लागू औषध गाँजा सहित १ महिला सहित २ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्र.नि. किसन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलवार राती ९ बजे कोल्हबी नगरपालिका सोनाभार स्थित दिनदयाल चौधरीको घरबाट लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कोल्हबी नपा वडा नं. ५ सोनाभार स्थित दिनदयाल चौधरीको घरको खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोकामा रहेको १ सय ७० किलो लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
चौधरीको घरमा लागू औषध गाँजा फेला परे पछि स्थानीय वर्ष ५० को रमोद चौधरी र दिनदयाल चौधरीकी श्रीमति अ.वर्ष ५२ कि मनमती देवी चौधरीलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रकृया अगाडि बढाईएको जिप्रका बाराले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -