सहारा दैनिक

spot_img
Homeअर्थसुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ, १० मंसिर (रासस)
सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकामा आज घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला रू एक हजार नौ सय ६० मा कायम भएकामा आज घटेर आज रू एक हजार आठ सय ४५ कायम भएको छ । प्रतितोला रू एक सय १५ घटेको हो ।
सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ ।
उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -