सहारा दैनिक

spot_img
Homeदेशफोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौँ, ६ मङ्सिर (रासस)
प्रहरीले हृवाट्सएप मार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका ११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई हृवाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहार लगायत अन्य ठाउँबाट “कन्ट्याक्ट किलर” भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौँस्थित शङ्खमूलबाट पक्राउ गरिएको हो ।”
पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -